समाचार

ईशान हस्पिटलले सुरु गर्यो ‘मल्टी डिसिपिनरी क्लिनिक

काठमाण्डौ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले राजधानीको टोखामा रहेको इशान बाल तथा महिला अस्पताल १० बर्षमा देशकै गौरव गर्ने अस्पताल बन्ने दाबी गरेका छन ।

शनिवार सो अस्पतालको मानसिक तथा शारिरीक अपागता भएका बालाबालिकाहरुको उपचार गर्ने उदेश्यले सुरु गरेको ‘मल्टी डिसिपिनरी क्लिनिक’ उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सुडीले सो बताएका हुन् । उनले पछिल्ला बर्षहरुमा फरक खालका विरामीहरुको संख्या बढीरहेको र सरकारी तबरमा त्यस्ता रोगको राम्रो उपचार हुन नसकिरहेको अवस्थामा अस्पतालको नयाँ सुबिधा तारिफयोग्य भएको बताए ।

त्यसैगरी कार्यक्रममा ०५२ सालमा स्थापना भएर अगाडी बढेको इशान बाल तथा महिला अस्पतालको सेवा सुविधा र गरेका कामहरुको बारेमा अस्पतालका कार्यकारी निर्देशक प्रा डा रामानन्द चौधरीले सविस्तार बताएका थिए । ईशान हस्पिटलले जन्मे देखि १८ बर्षसम्म उमेरका बालबालिकाहरुको सबै खालको रोगको उपचार सेवा आफुहरुले सुरु गरेको बताए । त्यसैगरी महिलाहरुको प्रसुती मात्र नभएर सवै खालका रोगहरुको सेवा सुरु गरिएको बताए । कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसि, निजी अस्पताल संघका अध्यक्ष डा पदम बहादुर खड्का लगायत विभिन्न क्षेत्रका महानुभावहरुको उपस्थीति रहेको थियो ।

०५२ सालमा नेपालकै पहिलो गैरसरकारी बाल अस्पतालबाट सेवा सुरु गरेको सो अस्पतालको अहिले टोखा ५ नं वडामा आधुनिक एवं वातावरणमैत्री भवनमा सरेको छ । २४ घन्टा नै पेडियाट्रिक विशेषज्ञ रजिष्टारहरुबाट नवजात तथा बालरोग, बाल सर्जरी, महिला तथा प्रसुती, हाडजोर्नी सम्बन्धमा आकस्मीक सेवाहरु, नवजात तथा बाल सघन उपचार सेवा, एम्बुलेन्स, प्याथोलोजी, अल्ट्रासाउन्ड, एक्सरे, फार्मेसी, क्यािन्टन सेवा समेत रहेको छ ।

अस्न्तराष्ट्रिय स्तरमा सेवा दिने प्रयास गरेको अस्पतालले विभिन्न समयमा विभिन्न नवजात बाल शल्यरोग तथा बाल युरोलोजी सम्बन्धी जटिल भन्दा जटिल शल्यक्रियाहरु भइरहेको अस्पतालले जनाएको छ । सो कारण नेपाल बाहिरबाट जस्तो युके, भारत, बंगलाशदेबाट पनि आएर बच्चाहरुको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । निकट भविष्यमै थप सेवाहरु विस्तार गरिने अस्पतालले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *