समाचार
प्यालेस्टिनीमाथि इजरायली जनसंहारविरुद्ध एकीकृत समाजवादीकाे हस्ताक्षर अभियान

पुस ७ आइतबार ,२०८१
काभ्रेपलान्चोक । प्यालेस्टिनीमाथि इजरायली जनसंहारविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) ले देश व्यापी हस्ताक्षर अभियान संचालन गरेको छ। त्यसै अन्तर्गत सञ्चालन हुने अभियानमा काभ्रे जिल्ला पार्टी काभ्रेली जनसमुदायबाट हस्ताक्षर पुस्तिकामा सहीछाप गरी ऐक्यवद्धता प्रकट गर्न आब्हान गरेको हो ।
नेकपा एकीकृत समाजवादी काभ्रेले आम काभ्रेली जनसमुदायको समर्थन लिन २०८१ पौष ८ गते सोमबार काभ्रे जिल्लाको व्यापारिक नगरी बनेपा हस्ताक्षर अभियान गर्ने भएको छ। हस्ताक्षर बनेपाको चारदोवाटोमा दिनको ११ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म हुने काभ्रे जिल्ला कमिटीले जनाएको छ।
पार्टीको तर्फबाट हस्ताक्षर अभियान सञ्चालन गरिएको हुँदा न्यायप्रेमी काभ्रेली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा सहभागी भई समर्थन जनाईदिनु हुन अनुरोध गरिएको छ।
