समाचार
सुनसरीमा आपराधिक घटनामा कमी आएकाे प्रहरीकाे दाबी
इनरुवा / सुनसरी जिल्लामा विगतका वर्षको तुलनामा चालु आवको पछिल्लो ८ महिनामा आपराधिक घटनामा कमी आएको छ । सुनसरी प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी अघिल्लो वर्षको दाँजोमा चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा आपराधिक घटनामा कमी आएको जनाएको छ ।प्रहरी उपरीक्षक यज्ञबिनोद पोखरेलले सीमित जनशक्तिका बाबजुत प्रहरी शान्ति सुरक्षा प्रदान गर्ने सवालमा सक्षम देखिएको जानकारी गराउनु भयो । एसपी पोखरेलले भारतसँग सीमा जोडिएको खुला क्षेत्रका कारण आगुऔषध कारोवारसँगै चोरी र तस्करी नियन्त्रण गर्नु प्रहरीकालागि प्रमुख चुनौतिको विषय रहेको समेत बताउनु भयो । प्रहरीले पत्रकार सम्मेलनमा राजश्व संकलनमा वृद्धि भएको विवरण पेश गर्नुका साथै समुदाय प्रहरी साझेदारी कार्यक्रमले सूचना आदान प्रदानको क्रम बढ्दा अपराध नियन्त्रणमा थप सघाउ पुगेको जनाएको छ ।


