समाचार

पाँचथर हत्याकाण्ड : डिभोर्सले लियो ९ जनाको ज्यान, यसो भन्छन् प्रहरी !

काठमाडौँ, पाँचथर हत्याकाण्डमा प्रहरीले मानबहादुर र उनको श्रीमतीबीचको किचलो र डिभोर्सको कारण यो हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

घटनालाई सूक्ष्म ढंगले अध्ययन गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी, अपराध अनुसन्धान विभाग र प्रहरी प्रधान कार्यालय आइजिपीको सचिवालय टोलीले घटनास्थल पुगेका प्रहरीको रिर्पोटिङको आधारमा डिभोर्सकै कारण यो हत्या भएको हुन सक्ने निष्कर्ष निकालेको हो ।

उच्च प्रहरी श्रोतले भने, ‘ उनीहरू डिभोर्सको अन्तिम तयारीमा थिए । श्रीमतीलाई डिभोर्स गर्न सघाएको भन्दै मानबहादुरले साडु भाइ र ससुराको परिवार सबैलाई खसाप पारेको हुन सक्छ । ‘

उक्त घटनाबाट भागेर आफ्नो ज्यान बचाएकी १२ बर्षीय सिता खुजुमले कपडाले आफ्नो अनुहार ढाकेर आएको व्यक्तिले पालैपालो धारिलो हतियार प्रहार गरि परिवारको सबै सदस्यको ज्यान लिएको बयान प्राह्री समक्ष दिएकी थिइन् ।

केन्द्रीय अनुसन्धान ब्युरोले प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा घटनास्थलमा छानबिन गर्न टोली खटाइसकेको छ । साथै प्रदेश १ ले पनि कुकुर सहितको टोली खटाएको छ ।                     

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *