समाचार
व्याक हट्यो प्रहरी, आस्था राउतलाई प,क्राउ नगर्ने
माघ ,काठमाडौँ । यसअघि नेपाल छिर्नसाथ आस्था राउतलाई समात्ने भनिरहेको प्रहरी एक कदम पछि हटेको छ । आस्था राउत यतिबेला सिक्किममा छिन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पुर्जी जारी गरिसकेको छ । गायिका आस्था राउतलाई स्वदेश फर्किनासाथ पक्रिहाल्ने योजना प्रहरीले बनाएको थियो । प्रहरीले राउतलाई फरार सूचीमा राखेको छ, तर राउत फरार नभई सिक्किमको सांस्कृतिक कार्यक्रममा छिन् ।
आफूमाथि दु र्व्य व हार गरेको भन्दै विमानस्थलमा कार्यरत एक महिला प्रहरीले उजुरी हालेपछि राउतविरूद्ध पक्राउ पुर्जी जारी भएको हो ।
प्रहरीले उनलाई नेपाल आउनसाथ गायिका आस्था राउतलाई प,क्राउ गर्ने बताए पनि अब प,क्राउ नगर्ने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार आमाबुवाले प्रहरी कार्यालयमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन, त्यसकारण प्रहरीले उनलाई नेपाल छिर्ना साथ प,क्राउ गर्दैन । राउतलाई कार्यालय हाजिर गराउने अभिभावकको प्रतिबद्धता आएको हुनाले प्रहरी प,क्राउ नगर्ने मनस्थितिमा पुगेको छ ।
माघ १ गते बुधबार राउत भद्रपुर जाने क्रममा मध्यान्ह त्रिभुवन विमानस्थलमा पुगेकी थिइन्। आन्तरिक टर्मिनलको सुरक्षाकर्मीबीच भएको विवादलाई लिएर सामाजिक सञ्जालमा राउतले प्रहरी संगठनमाथि आँच पुग्ने गरी गाली गरेकी थिइन् । पछि उनले अन्जानमा गल्ती गरेकी भन्दै रुँदै माफी मागेकी थिइन् । पछिल्लो समय नोकझोंकको विषयमा प्रतिशोध साँधेर आस्थामाथि वारेन्ट जारी गरेको भन्दै प्रहरी र प्रशासनको समेत आ,लोचना भएको छ ।
