समाचार

भाग्यमानीले मात्र देख्ने यो दुर्लभ जीउँदो दाहिने शंखलाई दर्शन स्वरूप एक शेयर गर्नुहोस तपाईको जीवनमा शान्ति र खुसि मिल्नेछ !

शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो। यो विशेषगरी धार्मिक कार्यमा प्रयोगमा ल्याइन्छ। शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो। यो विशेषगरी धार्मिक कार्यमा प्रयोगमा ल्याइन्छ। जीउँदो शङ्ख समुद्रमा पाइने जलचरले बनाएको खबटा हो, यो धेरैजसो वामावर्त अथवा दक्षिणावर्तमा बनेको हुन्छ।

प्राचीनकालदेखि नै विभिन्न प्रयोजनमा ल्याइने शंख एक प्रकारको समुद्री चिप्लेकिराको कडा आवरण हो।धार्मिक अवसर एवम् सांस्कृतिक कार्यमा यसलाई फूकेर बजाउन पनि सकिन्छ। तसर्थ यसलाई एक बाजाका रूपमा पनि लिइन्छ। नेपाल, भारत, श्रीलंका, बंगलादेश आदि मुलुकमा यसको यसरी प्रयोग भएको पाइन्छ। शंख विभिन्न किसिमका हुन्छन्, तीमध्ये दाहिना शंख बहुमूल्य मानिन्छ, जुन निकै महँगो हुन्छ।

लाखौं शंखमा दाहिना शंख एउटा पाइन्छ। हिन्दू धर्ममा रामायण, महाभारतमा शंखको महिमा प्रसस्त छ भने हाम्रो समाजमा मंगल कार्यदेखि मृ*त्युजन्य शोकको घडीमा समेत शंखवादनलाई महत्त्व दिइन्छ। शंख बजाउँदा त्यसको ध्वनिले विभिन्न प्रकारका रोगाणु र विषाणुलाई मा*र्ने वर्णन ऋग्वेदमा छ।शंख महाभारतमा वर्णित एक राजा विराटको एक पुत्रको नाम पनि थियो। यो हिन्दु धर्ममा अति पवित्र मानिन्छ।

यो धर्मको प्रतीक मानिन्छ। यो भगवान विष्णुको दायाँ माथिल्लो हातमा शोभायमान देखिन्छ। बिहान र बेलुकी आरती गर्दा शंख बजाइन्छ। पूजापाठ सुरू गर्दा र सकिने बेलामा पनि शंख बजाइन्छ। कतिपय जातिमा मु*र्दालाई घा*ट लैजाँदा शंख बजाउने चलन छ। आयुर्वेद उपचारमा शंख भस्मको ठूलो महत्त्व छ ।

शंख भस्म बनाउन शंखलाई माटोको भाँडोमा राखेर पाँच/छ फिट गहिरो खाल्डोमा गुइँठाले पोलेर निकाली घ्यूकुमारीको रसमा पिन्नु पर्छ। यसमा क्याल्सियम, क्याल्सियम सल्फेट, म्याग्नेसियम आदि तत्त्व प्रसस्त पाइन्छन्। आयुर्वेदमा विभिन्न १५ रोगमा शंखबाट बनाइएका औषधी प्रयोग हुन्छन् । शंख भस्म अम्लपित्त, अनुहारको चाया, डण्डीफोर र खत हटाउन उपयोगी हुन्छ।

अनिद्राको बिरामीलाई कानमा दुइटा शंख राख्दा समुद्री लहरको कर्णप्रिय आनन्दले निन्द्रा लगाउँछ भने शंख जलले मुख धुँदा अनुहार उज्यालो हुन्छ। कान पाक्ने रोगको उपचारमा प्रयोग हुने शंख मोतिविन्दु, रतन्धोलगायतका आँखासम्बन्धी रोगमा पनि लाभदायक मानिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *