समाचार
घरको छतमा खेल्ने क्रममा करेन्ट लागेर दुई बालक घाइते
नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गेमा क्रियापुत्री बस्ने घरको छतमा खेल्ने क्रममा करेन्ट लागेर आज दुई बालक घाइते भएका छन् ।करेन्ट लागेर विदुर नगरपालिका–१ का पाँच वर्षीय दमै नगरकोटी र सात वर्षीय सुजन नगरकोटी घाइते भएको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । करेन्ट लागेर दुवै बालक सडकमा खसेका थिए । उनीहरुलाई उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।



