समाचार

जीप कर्णाली नदीमा खस्दा बाजुरामा चार जनाको मृत्यु

बाजुरा : बाजुराको हिमाली गाउँपालिका वडा नं. ७ मा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते र एक जना बेपत्ता छन् ।

प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमका एसएसपी देवबहादुर बोगटीका अनुसार से १ ज १०६४ नम्बरको जिप सडकबाट कर्णाली नदीमा खसेको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार अहिले घाइतेको उपचार भइरहेको छ भने बेपत्ताको खोजी कार्य जारी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *