समाचार

हत्या आरोपमा पक्राउ ४ जना अभियुक्त कारागार चलान

कञ्चनपुर : कञ्चनपुरको महाकाली नगरपालिका ३ चाँदनीका २२ वर्षीय दीपक पन्त हत्या अभियोगमा पक्राउ परेका चारजना मंगलबार पुर्पक्षका लागि जेल चलान भएका छन्।  जिल्ला आदालत कञ्चनपुरले अभियुक्त चारै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

पन्तको हत्या आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका ४ का २० वर्षीय मनिष नाथ, २२ वर्षीय गणेश लुहार, २० वर्षीय रोनी भनिने नवीन सिंह र २२ वर्षीय विनोद बोहरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए। 

मंसिर १२ गते मोटरसाइलमा बुवा बिशनदत्त पन्तसँग भीमदत्तनगरतर्फ आउँदै गरेका बेला भीमदत्त नगरपालिका ४ गोवरियास्थित सडकमा चारै जनाले दीपकसँग विवाद गरी कुटपिटसँगै चक्कु प्रहार गम्भीर घाइते बनाएका थिए।

गम्भीर घाइते पन्तको उपचारका क्रममा मृत्यु भएको थियो। तत्कालै प्रहरीले चारै जनालाई पक्राउ गरेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *