समाचार

राजपा अध्यक्ष मण्डलको बैठक बस्दै

जेठ २३, २०७५ काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलको बैठक बुधबार पनि बस्दैछ। पार्टी कार्यालय बबरमहलमा बस्ने बैठकले पार्टीको महाधिवेशनका बारेमा छलफल गर्ने छ। मंगलबारदेखि सुरु भएको बैठकमा पार्टीको पहिलो महाधिवेशनको विधानका बारेमा छलफल भइरहेको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जानकारी दिए। मंगलबारको बैठकमा प्रदेश ५ को प्रदेशसभामा नयाँ सदस्य सिफारिस गर्ने निर्णय गरेको छ। यसअघि प्रदेश ५ मा विना पन्तलाई समानुपातिकबाट पठाए पनि उनी शपथ पनि नलिई गायव भएकी थिइन्। उनको ठाउँमा समानुपातिक सूचीको दोस्रो नम्बरमा रहेकी कल्पना पाण्डेलाई पठाउने निर्णय भएको महतोले जानकारी दिए। उनका अनुसार बैठकमा पार्टीको महाधिवेशनका लागि बनेको विधानमा छलफल हुने छ। छ पार्टी एक भएको एक वर्ष बितिसक्दा पनि राजपाले संगठ बनाउन सकेको छैन। यस्तै, महधिवेशन हुन नसक्दा पार्टीका संगठनहरू भद्रगोल छन्। सांसदले शपथ लिएका तीन महिना बितिसक्दासमेत संसदीय दलको नेता चुन्न सकेको छैन। यस विषयमा पनि बैठकमा छलफल भइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *