समाचार

गुगल म्यापमा नेपालको नक्शाको चुच्चो भाग अझै भारततिर

काठमाडौं, १५ साउन । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरी नयाँ राजनीतिक नक्शा जारी गरिसकेको छ । निशान छापमा पनि नयाँ नक्शासहितको नेपालको नक्शा समावेश छ । तर, वेभ सर्च इञ्जिन गुगलमा अझै चुच्चो भागसहितको नक्शा देखिदैछ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा भारततर्फ नै देखिन्छ । यसलाई दृष्टिगत गरी सरकारले गुगललाई नयाँ नक्शासहितको पत्र पठाएको छ ।

गुगल म्यापमा नयाँ नक्शा समेटेर नेपाल देखिने हो होइन भन्ने प्रतिक्षाको विषय बनेको छ । स्याटलाइट इमेजमा पनि नेपालको नक्शा पुरानै देखिन्छ ।

–Photo Source: Googlemap

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *