समाचार

दाइजोको रकमबाट बालबालिकालाई न्यानो कपडा

राजविराज / विवाहमा दाइजो दिने रकमबाट सप्तरीमा एक व्यक्तिले विपन्न समुदायका महिला तथा बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुर निवासी शैलेन्द्रचन्द्र झाले आफ्नो छोरी अभिलाषाको विवाहमा लाग्ने रकम सामाजिक कार्यमा लगाएका हुन् ।

बेहुली अभिलाषा र उनका पिता शैलेन्द्रले विपन्न समुदायका २५० महिला र ३०० बालबालिकालाई न्यायो लुगा वितरण गरेको उनको पारिवारिकले जनाएको छ । त्यस्तै अशक्तताका कारण उपस्थित हुन नसकेका २४ वृद्घवृद्घालाई समेत बेहुली र उनका बुबाले घरमै गएर न्यायो लुगा प्रदान गरे ।

बेहुला पक्षका अभिभावकसमेतको सहमतिमा दाइजो लेनदेन नगर्ने भएपछि समुदायका विपन्न महिला तथा बालबालिकालाई लक्षित गरी राहतस्वरुप गरीब असहायलाई जाडोका लागि न्यानो कपडा वितरण गरेको बेहुलीका बुबा झाले बताए ।

यता लत्ताकपडा पाएर खुशी भएकी उर्मिला सदाले दुई छाक जोहो गर्न मजदुरी गर्नुपर्ने हामीजस्तालाई यो सहयोगले चिसो छल्न पनि निकै टेवा पुगेको बताए । झाकी छोरी अभिलाषा र सप्तरीकै बलानविहुल गाउँपालिका–४ निवासी अमरनाथ झाका छोरा अमितबीच बुधबार बिनादाइजो विवाह सम्पन्न भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *