समाचार

जलाशययुक्त सुनकोसी–३ सरकारको प्राथमिकतामा

काठमाडौं । काभ्रेको तिमाल गाउँपालिका र रामेछापको सोनापानी गाउँपालिकाको सिमानामा बनाउन प्रस्ताव गरिएको जलाशययुक्त सुनकोसी–३ जलविद्युत् आयोजनालाई सरकारले प्राथमितामा राखेर अगाडि बढाउने भएको छ । मुख्य लोड सेन्टर राजधानी काठमाडौँ नजिक बनाउन खोजिएको सो आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन आगामी मङ्सिरमा सकिने विद्युत् विकास विभागले जनाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सुनकोसी २ र ३ मध्ये ३ तुलनात्मक हिसाबले सस्तो पर्ने भन्दै यसैलाई प्राथमिकतामा राख्ने जनाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बस्ती विस्थापन तथा अन्य हिसाबले २ भन्दा ३ हाललाई बढी उपयुक्त र सहज देखिएको बताउनुभयो ।

आयोजनाको बाँध तिमाल गाउँपालिका लुभुघाट र रामेछापको सोनापाती गाउँपालिकाको सीमामा निर्माण हुनेछ । सुरुमा ५३६ मेगावाट क्षमतामा बन्ने पहिचान गरिएको सो आयोजना अब ६४० मेगावाट क्षमतामा बन्ने विभागको अध्ययनले देखाएको छ । सुनकोसी–३ को पहिचान तथा प्रारम्भिक अध्ययन जापानी सहयोग नियोग ९जाइका० सन् १९८५ मै गरेको थियो । सम्भाव्यता अध्ययन आगामी मङ्सिरसम्म सकिने र उक्त आयोजना बन्ने निश्चित भइसकेको भनाइ मन्त्री पुनको छ ।

जाइकाको अध्ययनले यो आयोजना साबिकको मदनकुडारी गाविसको पार्सेल नजिकैबाट एक सय ४० मिटरको बाँध बनाएर ५३६ मेगावाट विद्युत् उत्पादन गर्न सकिने औँल्याएको थियो तर विद्युत् विकास विभागले गरिरहेको पछिल्लो अध्ययनले यो आयोजनाबाट ६४० मेगावाट विद्युत् उत्पादन हुनसक्ने देखिएको छ । परामर्शदाता कम्पनी चीनको जेभी अफ साङ्घाई इन्भेस्टिगेसन, डिजाइन एन्ड रिसर्च इन्स्टिच्युट ९सीआईडीआरआई० र नेपालको इन्भायरोमेन्ट एन्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्ट्यान्टले संयुक्त रूपमा २०७४ वैशाखदेखि अध्ययन गरिरहेका छन् । विभागका महानिर्देशक नवीन सिंहले आगामी मङ्सिरसम्ममा अध्ययन सकिने बताउनुहुन्छ । अध्ययनले बाँधस्थल लुभुघाटमा सार्दा आयोजना सस्तोमा बन्ने तथा बढी विद्युत्समेत उत्पादन हुने देखाएको छ । विद्युत् उत्पादन वार्षिक २।४ अर्ब युनिट हुने सिंहले जानकारी दिनुभयो । आयोजनाको वातावरणीय प्रभाव अध्ययन मूल्याङ्कन ९ईआईए०समेत सुरु भइसकेको छ ।

एक सय ६६ सय मिटर उचाइ र ६५० मिटर लम्बाइको ड्याम बनाउँदा जलाशय करिब ३० किलोमिटर लामो बन्ने अध्ययनले देखाएको छ । आयोजनको विद्युत् गृह काभ्रेको तिमाल गाउँपालिका–९, तित्रेटारमा बन्नेछ । आयोजनाबाट करिब एक हजार जनसङ्ख्या पूर्णरूपमा विस्थापित हुनेछन् । करिब चार हजार दुई सय हेक्टर जमिन प्रयोग हुने सो आयोजनाबाट काभ्रेको दोलालघाट बजार पूरै डुबानमा पर्छ भने करिब एक हजार जना विस्थापित हुने अनुमान विभागको छ । विभागका अनुसार यो आयोजनामा लगानी गर्न बङ्गलादेशले इच्छा देखाएको छ ।

१० वर्षमा १५ हजार विद्युत् उत्पादन गर्ने लक्ष्यअनुरूप ठूला आयोजनालाई प्राथमिकतामा राखिएको मन्त्री पुन बताउनुहुन्छ । आयोजनास्थल अनुगमनका क्रममा मन्त्री पुनले मुलुकको औद्योगीकरण र व्यवसायीकरणका लागि आवश्यक विद्यु्त् देशभित्रै उत्पादन गर्ने र बढी भएको छिमेकी मुलुकमा बिक्री गर्ने लक्ष्यसहित सरकारले ठूला आयोजनामा ध्यान केन्द्रित गरेको बत९ाउनुभएको थियो । अाजकाे गोरखापत्र दैनिकमा खबर रहेकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *