समाचार

ठूलो क्षती गराउने उदेश्यले दुधकोशी हाइड्रोपाावरमा मध्यरातमा राखियो प्रेसर कुकर बम, तर…

काठमाडौँ । सोलुखुम्बुमा रहेको सोलुखोला दुधकोशी हाइड्रोपाावरको परिसरमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । सोलुदुधकुण्ड नगरपालिका–११ भदौरेमा सोलुखोला दुधकोशी ८६ मेगावाट क्षमताको निर्माणाधीन हाइड्रोपाावरको परिसरमा एक्स्काभेटरमा आगजनी गरेर नजिकै राखिएको प्रेसर कुकर बम सेनाको टोलीले डिस्पोज गरेको हो ।

शनिबार राति एक्स्काभेटरमा आगजनी गरेर नजिकै राखिएको प्रेसर कुकर सोमबार बिहान ९ बजेर १२ मिनेटमा निष्कृय पारिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । बम डिस्पोज गर्न उदयपुरबाट नेपाली सेनाको डिस्पोजल टोली सोलुखुम्बु गएको प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए । निर्माणाधीन हाईड्रोपावरमा प्रयोग गरिएको एक्स्काभेटरमा शनिबार आगजानी गरिएको थियो । आगजनी गर्नेको प्रहरीले खोजी गरिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *