काठमाडौं : प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट पा किस्तान जाने पानी रो’क्ने बताएका छन् । प्रधानमन्त्री मोदीले हरियाणाबाट पा किस्तान जाने पानी रो’केर सिँचाइका लागि हरियाणाका किसानलाई दिने बताएका हुन। हरियाणाको दादरीमा एक चुनावी र्यालीको सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘जुन पानी हरियाणाको किसानलाई मिल्नुपर्ने हो त्यो पानी पाकिस्तान गइरहेको छ ।
जुन ७० वर्षदेखि भइरहेको छ अब म यस्तो हुन दिनेछैन । यो पानी भारत र हरियाणाको किसानको हो ।’ प्रधानमन्त्री मोदीले यसका लागि काम पनि सुरु गरेको बताएका छन् । पानी रोक्ने विषयमा काम भइ रहेको र छिट्टै नै त्यहाँ गइरहेको पानी रोकिने उनले बताए । पा किस्तानतर्फ हरियाणा, पञ्जाब र राजस्थानबाट नदीहरु बग्ने गर्दछन् ।
भारतले ज’म्मु र क’श्मिरलाई संविधानले दिएको विशेष दर्जा खो’सेपछि अहिले पा किस्ता नसँग स’म्बन्ध त’नाव पूर्ण बनेको छ । यसअघि पा किस्तानले आफ्नो आकाश मार्ग भारतका लागि प्र’तिबन्ध लगाएको छ । भारतले पानी रो’क्ने घोषणाले पा किस्तानमा ठूलो प्रभाव पर्ने छ । कतिपयले यसले वार्ता र संवादको बाटो पूर्णरुपमा ब’न्द हुने र यु’द्दको परिस्थिति झन नजिक आउने विश्लेषण समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्



