अ+
अ
अ-
यमन–साउदी अरेबिया–इरान–अमेरिका–इजरायल युद्ध
तस्बिर : नोभेम्बर ९, २०२६ मा यमनको राजधानी सानाबाट पूर्वतर्फ पर्ने बानी हुसेस क्षेत्रको अलशारिया गाउँमा साउदी अरेबियाले गरेको भनिएको हवाई आक्रमणपछि ध्वस्त भएको घरको भग्नावशेष निरीक्षण गर्दै स्थानीय बासिन्दा।
यमनको साना प्रान्तमा साउदी अरेबियाले गरेको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको हुथी समूहले जनाएको छ। मृत्यु हुनेमा २० भन्दा बढी बालबालिका रहेको हुथी समूहको टेलिभिजन च्यानलले नोभेम्बर ९ मा जनाएको हो।
यमनमा लामो समयदेखि जारी द्वन्द्व रोक्न सन् २०२२ मा भएको युद्धविराम सम्झौता गत जुलाईमा भङ्ग भएपछि हुथी विद्रोही र साउदी समर्थित सरकारबीच पुनः लडाइँ सुरु भएको छ।
तस्बिर : मोहम्मद हुबैस/एएफपी


