काठमाडौं,२९ असोज । एक महिनाअघि वीरगञ्जमा १५ वर्षीया बालिका मुस्कान खातुनलाई स्थानीय दुई किशोरले ए’सिड प्र’हार गरेका थिए । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भैरहेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान बाट राजीनामा दिएको भोलिपल्ट अर्थात आज (बुधबार) पारश खड्का काठमाडौंको किर्तीपुरमा उपचार गराईरहेकी ए’सिड पी’डित बालिका मुस्कान खातुनलाई भेट्न पुगेका छन् ।
यही सन्दर्भमा राष्ट्रिय क्रिकेट टिमका प्रशि क्षक उमेश पटवाल, पारस खड्का, सोमपाल कामी लगायतका खेलाडीले भेट गरेका छन् । यसका साथै बलिउड अभिनेता अमिताभ बच्चनसँग उत्तरा खण्डको नैतीतालमा रहेको शेरवुड कलेजमा सँगै पढेका नेपाली साथी उज्ज्वल थापा पनि हुनुहुन्थ्यो । पारस खड्काले मुस्कान खातुन सबैका लागि प्रे’रणाको स्रोत भएको बताएका छन् ।
उनले मुस्कानको हौ’सला ब’ढाउँदै सधैभरि हाँ’सिरहन भनेका छन। साथै पारसले यस्तो ज’घन्य अ’पराध गर्नेहरुवि’रुद्ध सरकारले क’डा क’दम चा’ल्नुपर्ने बताएका छन् ।अन्य खेलाडीहरुले पनि मुस्कानको स्वा’स्थ्यलाभको का’मना गरेका छन्। यसअघि नेपाली कलाकार लगायत बलिउडका अभिनेता अमिताभ बच्चन, शाहरुख खान वरुण धावन र अभिनेत्री कृति सेनन लगायतले भिडियाे सन्देश पठाएर मुस्कानकाे हाै’सला ब’ढाउने काम गरेका थिए ।
वीरगञ्ज महानगर पालिकाका ३ छपकैयाकी १५ वर्षीया छात्रा मुस्कान शुक्रबार बिहान विद्यालय जाँदै गरेको बेला उनी माथि गएको भदौ २० गते स्थानीय दुई कि शोरले ए’सिड प्र’हार गरेका थिए । खड्काले मुस्कानलाई भगवानले जीवन भरि हाँस्ने शक्ति र साहस प्रदान गरुन् भनी कामना समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्



