समाचार

२६ वर्षीय षडराज र मिनाको शवको प्रकृति एउटै !

काठमाडौँ । मोरङको पथरीशनिश्चरे १ मा शनिबार बिहानै आफ्नै डेरा अघि नग्न अवस्थामा मृत फेला परेकी २९ बर्षीय रिना बस्नेतको शव पोष्टमार्टमका लागी धरान लगिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक विभागमा पोष्टमार्टम गर्न प्रहरीले शव ल्याएको आफन्तले जनाएका छन् । पथरीमा कस्मेटिक पसल चलाउदै आएकी बस्नेत मृत अवस्थामा मर्निङ वाक गर्नेहरुले सबेरै देखेका थिए । उनलाई बलात्कार गरी हत्या गरिएको आशंका छ । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भने त्यस्तो तथ्य भेटिएको छैन । उनी पथरीमाआयोजित कन्सर्ट हेर्न गएर राती कोठा फर्किएकी थिइन् । यद्यपी, पोष्टमार्टमबाट धेरै कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले जानकारी दिए । प्रहरीले सबै कोणबाट अनुसन्धान थालिएको उनले बताए । ‘आफ्नै डेरा भएको घरअघि मृत भेटिएको हो । चोट देखिएको अवस्था छ,’एसपी केसी ले भने,‘शवलाई पोष्टमार्टम गर्न धरान पठाएका छौ, पोष्टमार्टमबाट धेरै कुरा खुल्छ ।’ मृतक बस्नेतको शव नग्न अवस्थामा भेटिएको थियो ।घोप्टो परेको अवस्थामा रगत पनि बगेको थियो । त्यसैले उनलाई बलात्कार गरेर हत्या गरिएको हुनसक्ने आशंका सबैले गरे का छन् । तर, मृतकको कपडा भने उनकै कोठामा भेटिएको प्रहरीले जनाएको छ ।

‘कपडा आफैले खोलेर कोठामा नै राखेको देखिन्छ, कोही आएको पनि देखिदैन,’मोरङ प्रहरी प्रमुख एसपी केसीले भने,‘छोरा पनि सँगै थिए, कोहीआएको थाह पाइन भनेका छन्।’प्रहरीका अनुसार मृतक बस्नेतले शुक्रबार रातीमदिरा सेवन गरेकी थिइन्।कन्स र्टबाट राती छोरासँगै कोठा आएको र आउदा पनि साथमा वियर लिएर आएको खुलेको छ । छोरासँगको कुराकानीमा पनि मृतकले मापसे गरेको खुलेको छ । ‘छोरासँगै आएर कोठामा सुतेका छन, आउदा वियर पनि लिएर आएका छन,’मोरङ एसपी केसीले भने,‘कोठामा अरु कोही आएको देखिदैन ।’ घटनाक्रम र एउटै कोठामा भएको छोरासँगको प्रारम्भिक वयानबाट कतै ३ तला माथिबाट राती लडेर पो उनको ज्यान गएको हो कि भन्नेतर्फ पनि अनुसन्धान सोझिएको छ । मृतकको कोठा तेस्रो तलामा छ ।

उनका श्रीमान् वैदेशिकरोजगारीमा गएका छन् ।‘कपडा पनि आफैले खोलेर राखेको, मापसे गरेको रकोठामा पनि कोही आएको संकेत नदेखिएकोले लडेको पो हो कि भन्ने पनि शंका छ। तर पनि घटनालाई सबै ढंगबाट सुक्ष्मरुपमा अनुसन्धान भइरहेको छ,’मोरङ एसपी केसीले भनेका छन । त्यसो त मृतकका छोराका अनुसार शुक्रबार दिउँसो आमा पुरै तनाबमा थिईन । उनको मोबाईलमा बारम्बार फोन आईरहेको र ममीले कमल नेपाल नाम गरेका युवकसँग निरन्तर कुरा गरिरहेको कुरा अनुसन्धानका क्रममा प्रहरीलाई बताएका छन् । शनिबार रिना बर्थडे पार्टी र कन्सर्टमा हुँदा पनि ममीले फोन नउठाएको उनले बताए । पथरीमा १६ फागुनमा शनिश्चरे(१ स्थित सिक्का बार एण्ड लञ्च अगाडी २६ वर्षीय षडराज तामाङको पनि रिनाको जसरी नै शव भेटिएको थियो ।
यि दुईको शवको प्रकृति घोप्टिएको अवस्थामा भेटिएका कारण भने प्रहरीले आशंका भने गरेको छ । षडराजका आफन्तले अनुसन्धानका लागि किटानी जाहेरी पनि दिए तर प्रहरीले जाहेरी लिएन । आफन्तले २ हप्ता पुग्दासमम पनि चित्त बुझ्दो अनुसन्धान हुन संकेत नदेखेपछि शव बुझेर अन्तिम संस्कार गरे । उक्त प्रकरणको अहिले प्रहरी अनुसन्धानको फाइल करिब क्लोज अवस्थामा नै पुगीसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *