समाचार

अब मोटरसाइकल चलाउनेले मात्र होइन पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने

काठमाडौं- मोटरसाइकल पछाडि बस्ने व्यक्तिले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याउन लागेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख(एसएसपी) वसन्त पन्तले मोटरसाइकल पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने कुराको जानकारी दिएका हुन् ।

दुई पाङग्रे सवारी साधन बढि दुर्घटना हुने भएकाले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त स्टिकर हेल्मेट ल्याइने एसएसपी पन्तले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै पन्तले उपत्यकाको १० ठाउँमा नमूना सडक बनाइने तयारी भइरहेको समेत बतौका छन् ।एसएसपी पन्तले सवारी चालकहरुलाई मध्यनजर गर्दै अनलाइन पेमेन्ट पनि ल्याइने तयारी भइरहेको र केही मनिामै यसले पूर्णता पाउने जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *