हिरास*त मुक्त भएपछिको पहिलो विशेष सीधाकुरा, जन–गुनासो र वि*कृति उपरको आवज झनै सशक्त !

अ+
अ
अ-

काठमाडौं । न्युज २४ टेलि भिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’ को आज ४२४ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विगतका एपिसोड हरुमा जस्तै विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ, साथै सम्बन्धित ब्यक्तिसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ । निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः

१.श्याम परदेशीबाट पीडित भएकाहरुले अझै न्याय पाउन सकेनन् ! करीब डेढ बर्षअघि सर्लाहीका ‘श्याम परदेशी’ भनिने श्याम कृष्ण शाहले सर्लाहीको हरिवन, नवलपुर लगाएतका सातगाँउ स्थानीयलाई सैतानी व्याजको पासोमा फसाएको रिपोर्ट प्रशारण गरेका थियौं । गरीब परिवारका स्थानीयले मदा–पर्दा लिएको ऋणमा सयौं गुणा बढाएर कागजमा बनाएका श्याम परदेशीको आजीवन तिर्दा पनि ऋण घट्नुको साटो दिन दुई गुना, रात चौगुना बढेको बढ्यै छ ।

२.मानवीय संवेदना किन हराउदैछ ? खोटाङको दिक्तेल रुपाकोकट मझुवा गढी नगर पालिकाले सामूदायिक कुकुरलाई पि*टेर मा*रेको भिडियो सामाजिक सञ्जालमा भा*इरल भएको छ । दिक्तेल बजारमै एक जनाले डोरी बाँ*धेर कुकरलाई भाग्न दिदैनन् भने अर्काे व्यक्तिले ठूलो लठ्ठीले कुकुरलाई मा*र्ने प्रयास गरिरहेका छन् । त्यही एउटा ट्र्याक्टर पनि छ, जसमा मा*रेका कुकुर हालिएको छ ।

३.कर्मचारी नै ठेकेदार भएको आयोजानमा एक ट्याक्टर गिट्टीको ५७ हजार भुक्तानी माग ! बागलुङमा कृषि विकास कार्यालयका कर्मचारीले नै ठेक्का लिएको खानेपानी आयोजनामा एक ट्याक्टर गिट्टीको नै ५७ हजार रुपैयाँ सम्म भुक्तानी माग गरेको पाइएको छ । बागलुङ नगर पालिकाले वडा न १३ को पाला, वडा न ४ को कुडुले र वडा न ६ को लहरे पिपल खानेपानी आयोजानको काम उपभोक्ता समिति मार्फत कृषि विकास कार्यालयका कर्मचारी समेत रहेका ऋषी पाठकको श्रीमतीका नाममा रहेको रेग्मी कन्सट्रक्सनले लिएको थियो । भिडीयो यहाँ लिंकमा छ ।

प्रतिक्रिया दिनुहोस्