समाचार
ओभरलोडका कारण पर्यटकहरू चढेको डुंगा पल्टियो डुंगा : १२ को मृत्यु, ३० जना बेपत्ता
एजेन्सी-भारतको आन्ध्र प्रदेशमा पर्यटकहरू चढेको डुंगा गोदावरी नदीमा पल्टिँदा १२ जनाको मृत्यु भएको छ।भारतिय मिडियाका अनुसार उक्त घटनामा परी ३० जना बेपत्ता भएको बताइएको छ ।
डुंगामा ६० जनाभन्दा बढी सवार रहेको ढुंगामा २७ जनालाई उद्धार गरिएको बताइएको छ ।बेपत्ताहरूको उद्धार गर्न सुरक्षाकर्मीहरू खटाइएका छन्।उक्त डुंगा चालकले बिनाअनुमति चलाएको र ओभरलोडका कारण पल्टिएको बताइएको छ ।आन्ध्रप्रदेशका मुख्यमन्त्री जगनमोहन रेड्डीले त्यस क्षेत्रमा सबै डुंगा बन्द गर्न आदेश दिइसकेका छन् ।


