समाचार
रामकुमारी झाँक्रीलाई विद्यार्थी विभागकाे इन्चार्जकाे जिम्मेवारी

पुस ,३ बुधबार ,२०८१
काठमाडौ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरुकाे जिम्मेवारी ताेकेकाे छ। राष्ट्रिय अधिवेशन भएको लामाे समयसम्म पार्टीलाई बन्धक बनाएकाे भन्दै आलोचना भएपछि नेताहरुकाे जिम्मेवारी बाँडफाँड भएको हो ।
महाधिवेशनमा उपाध्यक्ष पदमा उमेरद्वारी दिएर पराजित युवा नेता राम कुमारी झाँक्रीलाई विद्यार्थी विभागकाे इन्चार्ज ताेकिएकाे छ । यस अधि पार्टीले विदेश विभागकाे जिम्मेवारी प्रदान गर्दा असन्तुष्टि राख्नु भएकी उहाँलाई माम गर्न सहज हुने विभागकाे जिम्मेवारी दिइएको विश्वास गरिएको छ।
एक केन्द्रीय सदस्यका अनुसार नेता झाँक्री विद्यार्थी राजनीतिबाट आउनु भएकाले अनुभवी विभागमा उहाँलाई काम गर्ने र संगठन बनाउन सजिलाे हुने छ।
युवा इन्चार्जको जिम्मेवारी लक्ष्मण केसीले पाउनु भएको छ। यद्यपि कार्यविभाजनको औपचारिक निर्णय सो पार्टीले सार्वजनिक गरेको छैन ।मंसिर २६ गतेदेखि सुरू भएको बैठकले मंगलबार सचिवालय गठनसँगै नेताहरूको कार्य विभाजनको टुंगो लगाएको हो। मंगलबार गठन गरेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष माघवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव र सचिव गरी २४ जनाको रहने छ।
त्यस्तै गरी महासचिवको नेतृत्वमा उपमहासचिवहरू सदस्य रहने गरी केन्द्रीय कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। साथै विभागीय प्रमुख उपप्रमुख र प्रदेश इन्चार्जको समेत टुंगो लगाएको छ।
पार्टीको संगठन विभाग प्रमुखमा उपाध्यक्ष वेदुराम भुसाल, पार्टी अनुगमन विभाग प्रमुखमा महासचिव घनश्याम भूसाल, प्रचार विभाग प्रमुखमा प्रकाश ज्वाला, विदेश विभाग प्रमुखमा प्रमेश हमाल, स्कुल विभाग प्रमुखमा झलनाथ खनाल, संघीय मामला प्रमुख जगन्नाथ खतिवडा, आर्थिक विभाग प्रमुख सोम पाण्डे, मोर्चा संगठन प्रमुख राजेन्द्र पाण्डे, अर्थ विभाग प्रमुख डा.विजय पौडेललाई तोकिएको छ।

