समाचार

संविधान दिवस तथा प्रेस काउन्सिल नेपालको स्वर्णजयन्ती भव्यताका साथ मनाइँदै, यसरी गरिदैछ तयारी

काठमाडौँ, भाद्र २६ । संविधान दिवस तथा प्रेस काउन्सिल नेपालको स्वर्ण जयन्तीको अवसरमा काउन्सिलले सञ्चारग्राम परिसरमा सरफाई कार्यक्रम सम्पन्न गरेको छ ।काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालको अगुवाई काउन्सिलमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सहभागिता रहेको सो कार्यक्रममा करीब १० क्वीन्टल फोहोरमैला संकलन गरिएको छ ।सञ्चारग्राम प्रवेश गर्ने बाटोमा झाडी, प्लाष्टिक र ढल तथा पानी बगाएर ल्याएका लत्ताकपडासहितको सो फोहोरले वातावरण प्रदूषित भइरहेकोले सरसफाईपश्चात् सञ्चारग्राम परिसर सफासुग्घर देखिएको छ । भाद्र २६ गते विहीबार दिउँसो ३ः०० बजेदेखि सुरु भएको सरसफाई कार्यक्रममा बेलुका ५ः३० बजेसम्म सञ्चालन गरिएको थियो ।काउन्सिलले संविधान दिवस तथा प्रेस काउन्सिल नेपालको स्वर्णजयन्तीको अवसरमा साताव्यापी विभिन्न कार्यक्रहरू आयोजना गर्ने भएको छ । साताव्यापी कार्यक्रमकोसञ्चारग्राम परिसर सरसफाई कार्यक्रमबाट सुभारम्भ गरिएको छ ।प्रेस काउन्सिल कर्मचारी संघको संयोजनमा हुने साताव्यापी कार्यक्रहरूमा आचारसंहिता जागरण दोहोरीगीत कार्यक्रम, रक्तदान कार्यक्रम, दौड कार्यक्रम, फुडसल लगायतका अतिरिक्त क्रियाकलापहरू सञ्चालन हुनेछन् ।आगामी असोज ६ गते ५०औँ वार्षिकोत्सवको मूल कार्यक्रम सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको समुपस्थितिमा राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ । सो कार्यक्रममा काउन्सिलको वार्षिक प्रतिवेदन, मिडिया एण्ड इथिक्स ९अंग्रेजी प्रकाशन० र संहिता जर्नल समेत एकैसाथ सार्वजनिक गरिने भएको छ । सोही अवसरमा पत्रकार आचारसंहिता, २०७३,९परिमार्जन २०७६०को समेत सार्वजनिक गरिने छ । विगत वर्षहरूमा जस्तै स्वर्णजयन्तीको अवसरमा पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्नुका साथै प्रेस काउन्सिल पुरस्कारहरू समेत प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । विगतको कार्यक्रहरू भन्दा यस वर्ष विश्व प्रेस काउन्सिलसहित सार्क राष्ट्रका प्रेस काउन्सिलका प्रतिधिनिहरूको उल्लेख्य उपस्थिति रहनुका साथै असोज ७ मा अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न हुने कार्यक्रम तय भएको प्रेस काउन्सिलले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *