समाचार

करेन्ट लागेर दुईको मृत्यु, दुई घाइते

मकवानपुर इन्द्रसरोबर गाउँपालिका–३, कोगटेमा करेन्ट लागेर दुईको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा सिन्धुली पाटन गाउँपालिका–९, आमबोटेका वीरबहादुर मगर र नुवाकोट बेलकोटगढी गाउँपालिका मझुवाका ३५ वर्षीय विशाल तामाङ रहेका छन् ।

इन्द्रसरोवर गाउँपालिका–३, स्थित कोगटेमा वाग्मती हाइड्रोपावरका लागि विद्युतीय सामग्री बोकेर आयोजना स्थलतर्फ जाँदै गरेको ना४ख ९३२६ नंको ट्रकले हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर ट्रकमा सवार दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सिन्धुलीको पाटन गाउँपालिका–९, आमबोटका गोपाल रामुली घाइते छन् । अर्का एक जना घाइतेको पहिचान हुन सकेको छैन । घाइते दुवै जनालाई उपचारका लागि काठमाडौँ पठाएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *