समाचार

भारतका प्रधानमन्त्री मोदीद्धारा स्वस्थ भारत अभियान को शुभारम्भ

नयाँ दिल्ली, १२ भदौ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार स्वस्थ भारत अभियानको शुभारम्भ गर्नु भएको छ ।देशव्यापीरूपमा चल्ने सो अभियानको उहाँले राजधानी नयाँदिल्ली स्थित इन्दिरा गान्धी रंगशाला परिसरमा उद्घाटन गर्नुभएको हो ।समारोहमा प्रधानमन्त्री मोदीले स्वास्थ्य सम्वन्धी प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।राष्ट्रिय खेलकुद दिवसको अवसरमा स्वस्थ भारत अभियानको सुरुवात गरिएको हो । मेजर ध्यान चन्दको जन्मोत्सवको अवसरमा भारतमा खेलकूद दिवस मनाउने गरिएको छ ।

स्वस्थ रहनका लागि हरेक दिन खेलकूदसम्वन्धी गतिविधिमा संलग्न गराउन प्रेरित गर्ने उद्देश्यले अभियानको शुभारम्भ गरिएको अधिकारीहरूले बताएका छन् ।“आजको दिन महान खेलाडी मेजर ध्यान चन्दको जन्म भएको दिन हो, उहाँले तन्दुरुस्तीका लागि विश्वलाई नै चकित पार्नुभएको थियो,” मोदीले भन्नुभयो ।अभियानको शुभारम्भ गर्नु अघि विभिन्न विद्यालयका विद्यार्थीहरुले प्रधानमन्त्री र सहभागी सवैलाई विभिन्न प्रस्तुति देखाएका थिए ।देशभरीका सवै शैक्षिक संस्थाहरुले तन्दुरुस्ती र स्वास्थ्यसम्वन्धी गतिविधि तथा खेलकूदहरु तालिकावद्ध तरिकाले गर्नेगरी तयारी गरेको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *