समाचार
रेखा र भुबनको बिग्रीदो सम्बन्धमा फिल्मी प्रतिस्पर्धा,‘मालिका’ सँग ‘क्याप्टेन’ आउँछ वा आउँदैन ?

काठमाडौं, २० साउन । अभिनेत्री रेखा थापा र अभिनेता भुवन केसीका लागि कसैसँग सम्बन्ध सुध्रिनु र विग्रिनु अनौठो होइन । गसिप, चर्चा र आलोचना यी दुई अभिनेता, अभिनेत्रीको सबैभन्दा प्रिय मित्र हुन् ।
साथी म तिम्रोु, दुनियाँ लगायतका केही फिल्ममा सँगै काम गरेका रेखा र भुवनको सम्बन्ध अहिले ३६ को आँकडामा छ । एक स्मारिकामा रेखाले आफूलाई मेघास्टार र महानायिका नभनेकोमा मिडियाप्रति गुनासो पोख्दै एक–दुई फिल्म हिट दिएको भरमा नयाँलाई मेघास्टार भनिनु गलत रहेको बताएकी थिइन् ।
रेखासँग भुवन रुष्ट हुनुको प्रमुख कारण अरु नभएर यही नै हो । पछिल्लो समय उनका छोरा अनमोल केसीलाई ुमेघास्टारु भनिन थालिएको छ । आफ्नो छोरालाई मेघास्टार भनिएकोप्रति रेखाले विरोधको स्वर उठाउनु भुवनका लागि पाच्य भएन ।
रेखासँग भुवन रुष्ट हुनुको कारण अर्को पनि छ । केही हप्ता अगाडि रेखाले अभिनेता प्रदीप खड्कालाई नेपालको नम्बर वान नायक भन्दै तारिफ गरिन् । उनले यतिमात्र भनिनन् । प्रदीपले अरुको बुई चढेर यो स्थान नबनाएको भन्दै प्रशंसा गरेकी थिइन् ।
उनले घुमाउरो शैलीमा फेरि अनमोललाई नै निशाना बनाएकी थिइन् । भुवन अभिनेता भएका कारण अनमोललाई फिल्ममा संघर्ष गर्नु नपरेको उनको साइलेन्ट तर्क थियो । रेखाले आफ्नो छोरालाई पटक–पटक निशाना बनाउँदा भुवन आगो भएका छन् । यही कारण अहिले यी दुईको ‘पानी बाराबार’ भएको छ ।
शनिवार राजधानीमा पत्रकार प्रकाश सुवेदीको जन्मदिनको पार्टीमा यी दुवै अभिनेतारअभिनेत्री उपस्थित भएका थिए । बस्न पनि एउटै रोहको कुर्सीमा बसे ।
तर, दुवैले एकअर्कालाई पूरै वेवास्था गरे । पत्रकार सुवेदीलाई जन्मदिनको शुभकामनासहित गीत गाउन उद्घोषकले रेखासहित दीपाश्री निरौला र भुवन केसीलाई निम्तो दिएको खबर फिल्मी खबरले छापेको छ ।
तर, रेखासँग एउटै स्टेज शेयर गर्न भुवन मानेनन् । दीपाश्रीले पटक पटक बोलाउँदा पनि उनी गएनन् । रेखाले त नचिने झैँ गरिदिइन् । पछि पत्रकार सुवेदीकै आग्रहमा उनी रेखाको छेउमा उभिन बाँध्य भए । दुईको बीचमा भने दीपाश्री थिइन् ।
त्यसपछि कार्यक्रम अवधिभर रेखा र भुवन एकपटक पनि आमने सामने भएनन् । यसको पछाडि अर्को ठूलो कारण पनि छ । रेखाको नयाँ फिल्म ‘मालिका’ लक्ष्मीपूजाको दिनबाट रिलिज हुँदैछ । अब यो मितिमा अनमोल स्टारर फिल्म ‘क्याप्टेन’ रिलिज हुने चर्चा छ । तर कन्फर्म भने भइसकेको छैन ।
छोरालाई मेघास्टार भनिएकोमा आपत्ति जनाएका कारण त्यसको इगो साध्नकै लागि अब भुवन एकसाथ फिल्म जुधाउने तयारीमा छन् । को मेघास्टार ? उनी फिल्म जुधाएर प्रमाणित गर्न चाहन्छन् । यो खबरको रेखा पनि राम्रोसँग जानकार छिन् ।
अब लक्ष्मीपूजामा ‘मालिका’ सँग ‘क्याप्टेन’ आउँछ वा आउँदैन ? त्यो सबैका लागि चासोको विषय बनेको छ । नेपाली फिल्ममा इगो साध्ने चलन नौलो होइन ।
फिल्मकर्मीले बोल्ने एउटा चर्चित उखान नै छ, यहाँ हरेक हप्ताको शुक्रवार दुश्मनी र मित्रता रिलिज हुन्छ ।ु अब रेखा र भुवनको दुश्मनीले कुन रुप लिने हो ? हेर्न बाँकी छ ।


