समाचार

पूर्वमन्त्रीले शारीरिक शोषण गरेको भन्दै भिडियो राखेर वेपत्ता युवती होटेलमा फेला

भाजपाबाट तीन पटक सांसद् बनिसकेका स्वामी चिन्मयानन्दमाथि यौन शोषणको आरोप लगाएर वेपत्ता भएकी भनिएकी युवती एक होटेलमा फेला परेकी छिन्। 

वेपत्ता छात्रा एक होटेलमा बसेको भन्ने पुष्टी भएपछि भारतीय प्रहरीको एक टिम अहिले त्यहाँ गएर अनुसन्धानमा जुटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दिल्लीको एक होटेलमा युवती भेटिएको होटेलको सीसीटीभी क्यामेराबाट पनि पुष्टी भएको थियो। 

पूर्वगृहराज्यमन्त्री समेत रहेका चिन्मयानन्दमाथि शाहजहाँपुरको एक कलेजमा पढ्ने छात्राले यौन शोषणको आरोप लगाएकी थिइन्।

स्वामी चिन्मयानन्द र केही अन्य व्यक्तिविरुद्ध अपहरण, धम्कीको मुद्दा दर्ता गराउँदै आफूलाई खतरा रहेको यी युवतीले बताएकी थिइन्। मुद्दा दर्ता गराएपछि युवती वेपत्ता भएको भन्ने खबर आएको थियो। 

आफूमाथि लागेको आरोपको बारेमा सांसद् चिन्मयानन्दले अहिलेसम्म मुख खालेका छैनन्। उनका वकीलले चिन्मयानन्द घरमा नरहेको बताएका छन्। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *