केन्याको एक संगठित र ठूलो लागुऔषध माफियाको गिरोहमा नेपाली युवतीको संलग्नता

अ+
अ
अ-

काठमाडौा केन्याको लागुऔषध गिरोहमा नेपाली युवतीको संलग्नता रहेको देखिएको छ । भारतीय मूलका विवादास्पद व्यापारी अली पुन्जानीको गिरोहमा नेपाली युवती सुस्मिता कार्कीको संलग्नता रहेको खुल्न आएको हो । मोम्बासा सहरमा रहेको पुन्जानीको घरबाट गत १३ अगस्टमा कार्कीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको पर्याप्त प्रमाण नभएको भन्दै अदालतको आदेशमा उनी दुई दिनपछि छुटेको बताइएको छ ।

उनीमाथि केन्या प्रहरीले अनुसन्धान अघि बढाएको छ । थप अनुसन्धान गरी उनीमाथि मुद्दा दायर हुने समाचारमा जनाइएको छ ।कार्कीले आफू पुन्जानीको श्रीमती भएको बताएकी छिन् । उनको घरबाट नेपाली युवक शिव बस्याल र भारतीय नागरिक राम मनोजसमेत पक्राउ परेका थिए । बस्याल र मनोज घरेलु कामदार हुन् । उनीहरू तीनैजना अदालतको आदेशमा छुटेको बताइएको छ । भारतीय मूलका व्यापारी पुञ्जानी हाल फरार रहेको बताइएको छ ।