वडा कार्यालय पाँच महिनादेखि प्रमुख विहीन, डिभी परेर वडाध्यक्ष अमेरिका, इमेलबाट राजीनामा

अ+
अ
अ-

काठमाडौं।डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उठेका मकवानपुर भीमफेदी गाउँपालिका–८ का वडाध्यक्ष जगतमान घिसिङ्गले पदबाट राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचन जितेर वडाध्यक्ष बनेपछि डिभी चिठ्ठा पाएपछि अमेरि का उडेका उनले इमलेमार्फत राजीनामा पठाएका हुन् । गत चैत महिनामा अमेरिका उडेका घिसिङले बुधबार राजीनामा दिएको इमेल गाउँपालिकामा पठाएका हुन् ।

तीन महिनाका लागि विदा लिएका घिसिङ पाँच महिनासम्म वडा कार्यालय फर्केका थिएनन् । ‘वडाध्यक्ष ज्यूले इमेलबाट राजीनामा पत्र पठाउनु भएको छ,’ गाउँ पालिकाका प्रशासकीय अधिकृत जीवन कुँवरले भने, ‘कुरियरबाट पनि राजीनामा पत्र पठाउनु भएको भन्ने सुनेको छु । आइपुग्न अलि समय लाग्ला ।’ वडाध्यक्ष घिसिङले घरायसी कामकाजका कारण पूरा कार्यकाल सेवा गर्न नपाएको राजीनामा पत्रमा लेखेको कुँवरले जानकारी दिएका छन् ।

‘घरासयी कारण देखाएर उहाँले राजीनामा माग गर्नु भएको छ,’ उनी भन्छन् । गाउँपालिकाले वडाध्यक्षले पठाएको राजीनामा पत्र हेरेर निर्णय लिन बाँकी नै छ। राजीनामा स्वीकृत भएमा यहाँ पनि उपनिर्वाचन हुनुपर्ने हो । निर्वाचन आयोगले मंसिर १४ गतेका लागि उपनिर्वाचन तय गरिसकेकाले अब यहाँ उपनिर्वाचन हुने वा नहुने भन्ने एकीन छैन ।

‘कुरियर गरेर पठाएको राजीनामा पत्र गाउँ पालिकामा प्राप्त भएपछि बैठक बसेर राजीनामा स्वीकृत भए पछि मात्रै पद रिक्त हुन्छ अनि उप-निर्वाचनको कुरा आउँछ,’ उनले भने । घिसिङ अमेरिका उडे पछि वडा कार्यालय पाँच महिना देखि प्रमुख विहीन छ । नयापेज डटकम वाट

प्रतिक्रिया दिनुहोस्