एउटै कोठामा बस्न थाले रवि र युवराज , चितवन प्रहरीको हि*रासतमा कसरि टाइमपास गर्छन रवि ?

अ+
अ
अ-

काठमान्डौ , सीधा कुरा जनतासँग कार्यक्रमका सञ्चालक रवि लामिछाने साउन ३० गतेदेखि चितवन प्रहरीको हि*रासतमा छन् । हि*रासतभित्र रवि के गरिरहेका छन् भन्ने धेरैको चासोको विषय हुन सक्छ । रवि आराम गर्नुका साथै कहिले पढ्ने त कहिले खेल्ने काममा व्यस्त छन् । भेटघाट गर्नका लागि आउनेहरुसँग भेटघाटबाहेकको समयमा रवि हि*रासतमै रहेका अन्य थुनुवाहरुसँगै लुँडो खेलेर समय बिताइरहेका छन् ।बयान लिन थालेपछि छुट्टाछुट्टै बसेका रवि र युवराज बयान सकिएपछि पुनः एउटै कोठामा बस्न थालेका छन् । चो*री, ला*गूऔषध, सवारी ज्या*न मु*द्दाका आ*रोपितहरु उनीहरुसँगै रहेका छन्, जो उनीहरुका लुँडो खेल्ने साथी हुन् ।

पत्रकार रवि लामिछानेका समर्थकवि*रूद्ध चितवन प्रहरीले अभद्र दुव्र्य*वहारमा मु*द्दा चलाएको छ । रविको रि*हाइका लागि भएकोे प्रदर्शनमा खराब आचरण र व्य*वहार देखाएको भन्दै चितवन प्रहरीले हालसम्म २२ जनाविरूद्ध मु*द्दा चलाएको हो ।चार जना भने जनही ५ सय धरौटीमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले साउन ३२ गते पक्राउ परी मु*द्दा चलाइएका चार जना जिल्ला प्रशासन कार्यालय चितवनबाट ५ सय ध*रौटीमा छुटेको बताए । भरतपुर ४ की ३५ वर्षीया कोपिला न्युरे, भरतपुर १० की ४० वर्षीया गीता भुजेल, भरतपुर ८ का २४ वर्षीय गोविन्द बाँस्तोला र भरतपुर ७ का १८ वर्षीय प्रवीण गैरे रहेका छन् ।

त्यस्तै, प्रहरीले भदौ २ गते भएको प्रदर्शनबाट १० जनालाई पक्राउ गरेको छ । पक्राउ भई अ*भद्र व्य*वहारअन्तर्गत मुद्दा चलेकाहरुमा गोरखा भीमसेन गाउँपालिका २ बस्ने वर्ष २९ की संगीता पोखरेल, रत्ननगर १३ की वर्ष ३८ की मीरा लामिछाने, भरतपुर १२ की वर्ष ३८ की तारा बराल, भरतपुर ८ की वर्ष २९ की मीरा सुवेदी, भरतपुर ७ की वर्ष २० की समीक्षा ढकाल, सोही ठाउँकी वर्ष ३८ की शर्मिला ढकाल, भरतपुर १३ का वर्ष २२ का सुरज श्रेष्ठ, भरतपुर ११ का वर्ष ३२ का अर्जुन पन्त, भरतपुर ४ का वर्ष ४० का मोहन खतिवडा र भरतपुर १० का वर्ष ४० का अजय गहतराज रहेको प्रहरी प्रवक्ता कोइरालाले बताए । उनीहरुवि*रूद्ध म्याद थप भई अनुसन्धान भइरहेको छ ।