आजबाट भने म प्रहरीसँगै नै असुरक्षित भएको महसुश गरेको छु:रबि लामिछाने

अ+
अ
अ-

काठमान्डौ : शालिकराम आत्महत्या प्रकरण मा हिरासतमा रहेका रबि लामिछाने अशुरक्षित रहेको बताएका छन् । रबि लामिछाने पत्नी निकिता पौडेल लामिछाने को फेस बुक मा लेखिएको स्टाटस मा भनिएको छ-पाँचौ दिन सम्म मैले प्रहरी सँग आफू सुरक्षित रहेको महसुश गरेको थिए तर आजबाट भने म प्रहरीसँगै नै असुरक्षित भएको महसुश गरेको छु । आफुलाई प्रहरी ले सुनियोजित रुप मा ५ बर्ष नै कारागार मा राख्न खोजेको समेत रबि ले आशाका गरेका छन् ।

बुधबार साँझ श्रीमती निकिता पौडेलको फेसबुक मार्फत् स्टाटस लेख्दै लामिछानेले यस्तो बताएका हन्। रविकी श्रीमती पौडेलले आजै महानगरीय अपराध महाशाखा टेकुपुगेर प्रहरीसँग भएको पुडासैनीको भिडियो सु*साइड नोट अनधिकृत रुपमा बाहिर पुर्‍याएको भन्दै विद्युतीय कारोबार ऐनमार्फत् सजाय मागदाबी गर्दै उजुरी गरेकी थिइन्। तर प्रहरीले सो उजुरी दर्ता नगरेपछि रविले पौडेलको फेसबुक मार्फत केही प्रश्न समेत उठान गरेका छन्।

रबि लामिछानेको तर्फबाट निकिता पौडेलको फेसबुक वालमा लेकिएको स्टाटस जस्ताको तेस्तै : ‘शालिक राम पुडासैनीको घटनाको बिषयमा मैले प्रहरीलाई अनुसन्धानमा सघाउ पुर्याउछु भनेको थिए र पाँचौ दिन सम्म हिरा सतमा रहदा मैले मेरा तर्फबाट पूर्ण रुपमा प्रहरीलाई सहयोग गरे पनि ।म,र मेरा सहकर्मी युवराज कडेल र यो घटनामा नाम जोडिएकी अस्मिता कार्की रुकुको बयान लिए पश्चात यो घटनामा हाम्रो कहि कतै संग्लनता नदेखिएको पोईन्ट वाईज स्पष्ट भईरहेको बेला फेरी पाँच दिनको म्याद थप्दै प्रहरीले चलाएको कदम हामीलाई फसाउँने गरी सुनियोजित र नियतपूर्ण रहेको स्पष्ट पार्न चाहन्छु ।

पाँचौ दिन सम्म मैले प्रहरीसँग आफू सुरक्षित रहेको महसुश गरेको थिए तर आजबाट भने म प्रहरीसँगै नै असुरक्षित भएको महसुश गरेको छु । बयानका लागि मेरा भनाई समावेश गरिरहदा म हिरासत बाटै केही प्रश्नहरु पनि गर्न चाहन्छु । जव, कि प्रहरीको बर्दी लगाएका बेला एसपी दानबहादुर मल्ल जीले शालिकजीको भिडियो म्यासेज प्रहरीसँग मात्र सुरक्षित रहेको दाबी गरिरहेका बेला उक्त भिडियो को, बाट कसरी लिक गरियो भन्ने बिषयमा अनुसन्धान अगाडी बढाउँनु पर्ने थियो कि थिएन ?

र अर्को कुरा यदि त्यो भिडियो परिवारबाट बाहिरिएको हो भने परिवारलाई पनि उक्त भिडियो सार्वजनिक भएको बिषयमा सोधपुछ गर्नु पर्छकि पर्दैन ?तसर्थ अन्य तर्फको अनुसन्धान अगाडी बढाउँनु पर्नेमा अनुसन्धानका लागि भन्दै प्रहरीले मेरो फोनको कल डिटेल निकाल्न समय लगाएको बिषयमा पनि म प्रश्न गर्न चाहन्छु । प्रहरीले दुई दिन भित्रै कल डिटेल सजिलै निकाल्न सक्छ तर मलाई फसाउँने नियत सहित समय लम्बाएको बिषयमा मैले आफूलाई यहाँ भित्र असुरक्षित रहेको महसुश गरेको हुँ ।

यो घटनालाई लिएर प्रहरीले मलाई ५ बर्षनै थुन्ने नियत देखाएको हुँदा देश तथा विदेशमा रहनु भएका मेरा सम्पूर्ण शुभचिन्तक हरुलाई म के भन्न चाहन्छु भने मलाई हिरासत बाट निकालेको ५ मिनेटभित्रै यो घटनामा मेरो कहि कतै संग्लनता छैन भनेर म प्रमाणित गर्न सक्छु । ” रवि लामिछाने “ We are for TRUTH; We are for JUSTICE” #proudtobeyourwife# with Rabi Lamichhane ।

प्रतिक्रिया दिनुहोस्