चितवनमा आज पनि रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप, कार्यालय अगाडि हुलहुज्जतको प्रयास भएपछि पक्राउ गरिएको प्रहरीको दाबी

अ+
अ
अ-

काठमाडौंःआज पनि चितवनमा वि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनमा उत्रेका रवि समर्थक र प्रहरीबीच झडप भएको प्रहरीले जनाएको छ ।प्रदर्शनमा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।जिल्ला प्रहरी कार्यालय अगाडि हुलहुज्जतको प्रयास भएपछि केहीलाई नियन्त्रणमा लिएको बताइएको छ ।

पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियो सन्देशमा आफ्ना पूर्वसहकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएका थिए । सोही भिडियोको आधारमा छानबिनका लागि तीनैजना अहिले प्रहरी हिरासतमा छन् ।

यसैमा रविलाई फसाउन लागिएको भन्दै चितवनमा प्रदर्शन भएको । उनको सर्मथनमा चितवनमा मात्र नभइ देशभर प्रदर्शन भइरहेको छ । यसै बिच पत्रकार पुडासैनिले डोरी किनेको पसलको सिसिटिभी फुटेज फेला परेको खबर बाहिर आएको छ ।