अ+
अ
अ-
डौँ । रूपन्देहीको सैनामैना ८ मा रहेको घरमा पेट्रोल बम प्रहार भएको छ। रूपन्देही क्षेत्र नंबर ५ (क) का प्रदेश सांसद एवम् प्रमुख सचेतक भुमिश्वर ढकालको घरमा अज्ञात समूह द्वारा बम प्रहार भएको बताइएको छ ।
ढकालको सुुत्ने कोठा, उनका बाबाआमा सुुत्ने कोठा लगायत ठाउँमा बम प्रहार भएको तर मानवीय क्षति भएको छैन भने ढकालले प्रयोग गर्ने लुु १ ज ४५६ नम्बरका गाडीको पछाडिको भाग जलेको छ। ढकाल विगत ४ दिन देखि गम्भीर बिरामी परेको बुटवलमा उपचार गरेको तर ज्वरो नघटे पछि हिजो मात्र काठमाडौंको मेडिसिटी हस्पिटलमा पुगेर उपचाररत छन । रातीको २ बजे बम प्रहार भएको र गाडीको पछाडिको सिसा र सिट को भाग जलेको इलाका प्रहरी कार्यालय सालझण्डी रूपन्देहीका इन्स्पेक्टर रवि मैनालीले जानकारी दिएका छन ।



