विराटनगर / १५ वर्षीय एक बालिकालाई भारतको पञ्जाव पु¥याएर अवैध काममा लगाएको आरोपमा मोरङको सुनवर्षी नगरपालिका–४२ वर्षीय गीता ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको छ । केही समयदेखि खोजी गरिरहे पनि फरार भएर उनी भारत पुगेको प्रहरीको भनाइ छ । अहिले भने गाउँमा आएको मौका छोपेर गीतालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए । यो घटनामा गीतासहित बालिकालाई भारत पु¥याउन सुनवर्षी नगरपालिका–९ का २५ वर्षीय रोहित ऋषिदेव, ४३ वर्षीय विजली ऋषिदेव, २१ वर्षीय छुटरु भनिने कैलाश ऋषिदेव, २० वर्षीय गोविन्द ऋषिदेव, ३५ वर्षीय दीपचन्द ऋषिदेव, ३५ वर्षीय भागो ऋषिदेव, २० वर्षीय सागर ऋषिदेव र ३२ वर्षीय श्रीचन्द ऋषिदेव संलग्न रहेको प्रहरीले जनाएको छ । रोहित र विजली गीताका छोरा र पति हुन् । पक्राउ परेकी महिला विरुद्ध सोमबार अपहरण, शरीर बन्धक तथा जवरजस्ती करणी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको दाहालको भनाइ छ । उनका अुनसार २०७५ फागुन २ गते घरबाट हराएकी बालिकालाई जवरजस्ती भारत पु¥याउने काममा नौ जनाको संलग्नता देखिएको छ । साढे ५ महिनापछि बालिकालाई भारतीय र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेर नेपाल ल्याइएको दाहालले बताए ।



