भ्रष्टाचारको आरोपमा दैनिक एकजना व्यक्ति प*क्राउ पर्दै

अ+
अ
अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षको पहिलो महिना साउनको २५ दिनमा मात्र ३० जनाभन्दा बढीलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ । यही अवधिमा ४५ भन्दा बढीलाई भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ । यो संख्याले मुलुकमा कुनै पनि विन्दुमा भ्रष्टाचार नघटेको देखाएको हो ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले पछिल्लो समयमा भ्रष्टाचारको आरोपमा दैनिक जसो कर्मचारी र अन्य सम्बद्ध व्यक्ति पक्राउ परि रहेका जानकारी दिए । आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइलाई पछिल्लो समय दैनिक जसो भ्रष्चारको आरोपमा पक्राउ परेका घटनाले अर्थहीन बनाएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा छ । अघिल्लो वर्षका तुलनामा गत वर्ष उजुरीको संख्या २६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १९ हजार उजुरी परेकोमा गत वर्ष ५ हजारले बढेर २४ हजार पुगेको छ। ‘सर्वसाधारणले बढी उजुरी हाल्नुले मुलुकमा भ्रष्टाचार पनि बढेको अनुमान गर्न सकिन्छ,’ प्रवक्ता कोइरालाले भने।

प्रतिक्रिया दिनुहोस्