फोहोरको डस्टबिनमा फा*लिएको अवस्थामा भेटिएका बाबु भविष्य यति राम्रा भएछन्।

अ+
अ
अ-

काठमाडौं : आज हामी पुगेका छौं, ललितरको कसुन्ती हाईटमा रहेको एउटा पवित्र ठाउँ- नेपाल स्नेही काखमा । मनारोगी दिदी बहिनीहरु र उनीहरु बाट जन्मेका सन्तानहरुले नव जीवन पाउने थलोमा आज हामी बाबु भविष्यको जन्म दिन मनाउन पुगेका थियौं ।एक बर्षअघि पशुपछत क्षेत्रमा फोहोरको डस्टबिनमा फालिएको अवस्थामा भेटिएका भविष्य निकै राम्रा भएछन् ।

भविष्यको पालन पोषणका लागि हामीले पनि नेपाल स्नेही काखकी आमा श्रीनेहा पोख्रेललाई सहयोग गर्दै आएका छौं । सोही अनुसार बार्षिय २४ हजार रुपैंया उनको लागि छुट्याएका छौं। नि*र्दोष भविष्यसंगै अन्य थुप्रै बाल बालिकाहरुको भविष्य स्नेही काख नेपाल मा फुल्दैछ ।स्नेही काखमा फुल्दै गरेका थुप्रै कोपिला जस्ता बाल बालिकाहरुसंगै केक काट्दै हामीले बाबु भविष्यको जन्मदिनको खुशी साट्यौं ।

स्नेही काख नेपालमा पछिल्लो समयको बर्षाले निकै तनाव दियो । अर्को भवनको निर्माणका चुनौतीहरु र गाह्रो, अप्ठेरोका बिषयमा आमा श्रीनेहा पोख्रेलले बताउनु भएको छ । साथै हामीले भिडियोमै स्नेही काखका लागि बिभिन्न सहयोगी हरुबाट प्राप्त सहयोग रकम २१ हजार १ सय पनि बुझाएका छौं । भिडियो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्