क्षतिग्रस्त सडक र पुलहरुको तत्काल मर्मत गर्न सरकारलाई निर्देशन

अ+
अ
अ-

काठमाडाैँ । संसदीय समितिले वर्षातका कारण क्षतिग्रस्त सडक तथा पुलहरुको मर्मत, सम्भार तथा पुनर्निर्माणको काम तत्काल सुरु गर्न सरकारलाई निर्देशन दिएको छ । 

संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकले वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले क्षतिग्रस्त बनाएको सडक र पुलहरुको मर्मत कार्य तत्काल सुरु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । 

समितिले विनाअध्ययन जभाभावी सडक निर्माण कार्य सुरु गरेको पाइएको उल्लेख गर्दै राज्यको स्रोत, साधनको दुरुपयोग हुन नदिन र वातावरण विनाश हुन नदिन पनि त्यस्ता गतिविधि तत्काल रोक्न पनि सरकारलाई निर्देश गरेको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्षाले क्षति पु¥याएका सबै सडक तथा पुलहरुको मर्मत, सम्हार र पुनर्निर्माणको कामको जिम्मेवारी सरकारले लिने जवाफ दिनुभएको थियो । 

उहाँले वर्षातका कारण ४५ वटा पुलमा क्षति भएको र त्यसको मर्मत, सम्हार र निर्माणका लागि करिव ४७ करोड ३४ लाख बजेट लाग्ने जानकारी पनि समितिलाई गराउनु भएको थियो ।