काठमाडौं । एउटा गुफामा चार दिनसम्म फ*सेका कम्वो डियाका एक व्यक्तिको उद्धार गरिएको छ। चमेराको विष्टा संकलन गर्न हिंडेका ती व्यक्ति चिप्लिएर दुई ठूला ढुङ्गाबीच च्या*पिएका थिए । बिबिसीका अनुसार आइतबार देखि गुफामा फसेका सुम बोरा घर नफर्केपछि उनका परिवारले खोजी शुरू गरेका थिए । प्रहरीका अनुसार २८ वर्षीय सुम आफ्नो टर्च लाइट टिप्ने क्रममा ढुङ्गाबीच फ*सेका थिए ।
सुम खाना, पानी बिना त्यो गुफामा संघर्ष गरिरहेका थिए । सुमले भनेका छन्, ’मैले बाँच्छु भन्ने आशै गुमा*इसकेको थिएँ । मसँग च*क्कु थियो । मलाई आत्मह*त्या गरूँ झैं भएको थियो।’ सुमलाई मंगलबार उनकै साथीले फेला पारेका थिए । उनका साथी पनि कहिले काहीँ सुमसँग चमेराको विष्टा लिन जान्थे । कम्बोडियामा चमेराको विष्टालाई ‘गुवानो’ भनिन्छ र यसको प्रयोग मलका रूपमा धेरै हुन्छ । सुमका अनुसार उनका साथीले देखेपछि साँघुरो गुफाबाट घस्रिँदै उनीतिर आएका थिए ।
दुवैजना सानो ज्यानका भएकाले त्यहाँ छिर्न सके। पछि उद्धारकर्ताहरूले उनीहरूलाई फेला पारे । तर गुफा साँघुरो भएकाले सुमलाई निकाल्न गाह्रो भयो ।पछि गुफाका केही भागहरू भत्काएर उनलाई बाहिर निकालिएको हो । प्रहरीका अनुसार १० घण्टाको प्रयास पछि बुधबार सुमको उ*द्धार सफल भएको हो । अहिले स्थानीय अस्पतालमा सुमको उपचार भइरहेको छ । उनको टाउको, घुँडा र छातीमा चो*ट लागेको छ । सुम फ*सेको ‘चकराइ’ पहाडमा जान प्रहरीले रो क पनि लगाएको छ ।



