अबदेखि गरीब/असहायलाई निशुल्क कपडा, हेटौंडाका युवाद्वारा क्लोथ बैंक सञ्चालनमा

अ+
अ
अ-

मकवानपुर, श्रावण २५। मकवानपुरको हेटौंडामा आज शनिबारबाट असहाय तथा विपन्न व्यक्तिलाई निशुल्क वितरण गर्ने उद्देश्यले कपडा र जुत्ता बैंक सञ्चालनमा आएको छ । ‘सोच बदलौं, देश बदलिनेछ’ मूल नाराकासाथ अघि बढिरहेको हेटौंडा युवा अभियानको अगुवाई तथा रिलाइन्स इङलिस सेकेण्डरी बोर्डिङ स्कुलको सौजन्यमा सो बैंक सञ्चालनमा ल्याईएको हो ।

आजबाट सुरुवात गरिएको कपडा बैंकको हेटौंडा उपमहानगर पालिका वडा नम्बर ४ का वडाअध्यक्ष नवीन सिग्देलले उद्घाटन गरेका थिए । वडाअध्यक्ष सिग्देलले युवा अभियानले गरेको सामाजिक कार्यको सफलताको शुभ कामना व्यक्त गर्दै वडा कार्यालयको तर्फ बाट अभियान निरन्तरताका लागि सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

स्थानीय युवाहरुकोले पुराना कपडा, जुत्ता संकलन गरेर विभिन्न उमेर समूहका विपन्न र गरिवलाई निशुल्क वितरण गरिने युवा अभियानका अध्यक्ष साकार शिवाकोटीले जनाएका छन् । अध्यक्ष शिवाकोटीका अनुसार अर्थिक रुपले सक्षम जोकोहीले पनि नयाँ वा प्रयोग गर्न मिल्ने कपडा वा जुत्ता बैंकमा जम्मा गर्न सक्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्