स्पेनबाट आएकी यी महिला पर्यटक नेपालमै गर्छिन् गोठधन्दा र खेतबारीको सबै काम

अ+
अ
अ-

पोखरा । स्पेनबाट नेपाल घुम्‍न आएकी २० वर्षिया मारिया रोयसगास पोखरा महानगर पालिकाको दक्षिण पश्चिम गाउँ डाँडाखर्कमा घाँस काट्ने, घाँस बोक्ने र गाईभैंसीको गोवर सोहर्ने गरेर एक हप्ता बिताइन् । यहाँ रहँदा नेपाली गाउँ घरमा हुने दैनिक काम सरसफाइ, घर वरपर उम्रेका झार फाल्नेदेखि तरकारी लगाउने कामको पनि अनुभव लिइन्।

डिप्लोमा तहको पढाइ सकेपछि उनी नेपाल घुम्न आएकी हुन्। भ्रमणका क्रममा भेटिएका साथीहरूले नेपाली दैनिकीसँग रमाउन र प्राकृतिक सुन्दरता सँग साक्षत्कार गर्ने पुरानो नेपाली परम्परागत घर, त्यस्तै ग्रामीण परिवेश झल्कने ‘ब्याक टु नेचर रिर्सोट’ मा जान सुझाएकोले यो अनुभव लिन यहाँ आएको उनले सुनाइन्।पहिलो पटक गाईभैंसीको गोबर फाल्ने, घाँस दाउरा गर्दा निकै रमाइलो अनुभव भएको उनले बताइन्।

घाँस काट्न जाँदा र वरपर काम गर्दा जुका लागेर रगत आएको अनुभव पनि उनले पहिलो पटक लिइन्। अस्ट्रेलियाबाट नेपाल भ्रमणमा आएकी १८ वर्षीया लोला पअल्सफर्डको अनुभव पनि मारियाको जस्तै छ। ग्रामीण क्षेत्रका नेपालीको दैनिकी कसरी बित्छ प्रत्यक्ष अनुवभ गर्न मात्र होइन त्यस्तै गरि घाँस काट्ने, दही मथ्ने, आफैले स्याहार सुसार गरेको भैसीको दूध दही खाने नयाँ अनुभव लिन पाएको उनले सुनाइन्।

हाइस्कुलको पढाई सकेपछि केही समय काम गरेर बचेको पैसाले भ्रणमा निस्कने क्रममा नेपाल आएको उनले बताइन्। १८ देखि २० वर्ष उमेर समूहका यी किशोरी एक्ला एक्लै विभिन्न देशको भ्रमणमा निस्केका हुन् । ‘नेपाल आएपछि भेट भयो अनि सँगै रमाइलो अनुभव पनि’, लोलाले भनिन्, ‘अरु देशका मानिसको दैनिकी कसरी बित्छ भन्ने बुझ्न र आफूलाई अझै सशक्त बनाउन अझै ६ महिना बढी विभिन्न देशको भ्रमण गर्ने लोलाले सुनाइन्। अन्नपूर्ण पोस्टमा खबर छ

प्रतिक्रिया दिनुहोस्