सुन तोलाको ७० हजार नजिक, व्यापारीहरु निराश

अ+
अ
अ-

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ६९ हजार ५ सय रुपैयाँ तोकेको छ । मंगलबार प्रतितोला ६८ हजार रुपैयाँ रहेकोमा बुधबार एक हजार पाँच सयले बढेर ६९ हजार पाँच सय पुगेको हो ।

सुनको मूल्य लगातार बढ्दै गएकाले व्यापारीहरु भने निराश छन् । सुनको कारोबा अहिले ठप्प जस्तै छ । तिज पर्वमा सुनको कारोबार उल्लेख्य हुने भए पनि अहिले ठप्पझैं छ ।