सप्तरी / सप्तरी स्थित राजविराज कारागारमा भाइरल ज्वरो फैलिए पछि एक सयभन्दा बढी कैदीबन्दी ज्वराेले ग्रसीत भएका छन् ।
कारागारमा केहि दिनअघि रुघाँखोकी सँगै ज्वरो देखिएपछि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा जाँच गराउदाँ एक सयभन्दा बढी कैदीबन्दीमा भाइरल ज्वरो रहेको पाइयो’ ‘भाइरल ज्वरोले ग्रासित कैदीबन्दीलाई तत्काल उपचार गराएपछि अवस्था नियन्त्रणमा आयो ।’ कारागारका निमित्त प्रमुख सत्यनारायण यादवले भने । अझै ८/१० जना कैदीबन्दी रुघाँखोकीले ग्रसित रहेको र उनीहरुलाई कारागारमै चिकित्सको निगरानीमा उपचार भईरहेको यादवले जानकारी गराए ।

कारागारमा क्षमताभन्दा दुइ सय पचार बढि कैदीबन्दी राख्नु परेकोले यस्ताे समस्या भएको उनले बताए । ‘एक सय २५ जनाको क्षमता रहेको कारागारमा ३ सय ५१ जना कैदीबन्दी राख्नु परेको छ । अहिले कारागारमा १८ महिला र ३ सय ३३ पुरुष छन् ।
शुद्ध खानेपानीको अभाव र कारागार आसपासमा जतातत्तै थुपारिएको फोहोरको दुर्गन्धले कैदीबन्दी र सुरक्षाकर्मीलाई समस्या हुने गरेको उनले बताए ।


