मृगौला रोगी पीडित द्वारा सहयोगको अपिल ।।

अ+
अ
अ-

निर्मल एसपि मगर , देबदह नगरपालिका वडा नम्बर पाँच कलुवामा बस्ने खुमान सिह सारुले आफ्नी मृगौला रोगले पिडित श्रीमतीको उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छ्न। बिगत छ बर्ष देखि मृगौला रोगबाट ग्रसित ३४ बर्षिय निरमाया पुनको उपचारमा हाल सम्म ७० लाख भन्दा बढी खर्च भैसकेको छ ।विभिन्न सामाजिक संघसस्था स्थानीय समाजसेबि र स्थानिय बासीहरुको सहयोगमा चन्दा उठाएर उपचार भैरहेको थियो ।तर हाल भने सहयोग रकम कतै बाट नआएको उनका पति सारुले बताए । मृगौला प्रत्यारोपण गर्न रकमको अभाव र प्रेसर नघटेको कारण उनलाई हाल डाइलाइसिस मात्रै गरिदै आएको छ ।महिनामा चार देखि पाँच पटक सम्म डाइलाइसिस गर्नु पर्ने र एकपटक गर्दा पन्ध्र सय देखि चार हजार सम्म खर्च हुने सारुले बताए ।

पछिल्लो समय ईरिक्सा चलाएर गुजारा चलाउदै आएका सारुले उपचार गर्दा सबै सम्पत्ति सकिएको र थुप्रै ठाउँमा कर्जा समेत तिर्न बाकी रहेको बताए । हाल उनलाई बुटवल गौतम बुद्द सामुदायिक हस्पिटलमा डाइलाइसिस गरिदै आएको छ।बिरामिको अवस्था नाजुक हुँदै गएकोले डाक्टरले भर्ना गरेर राख्नुपर्ने बताए पनि आर्थिक अभावको कारण बोल्न समेत नसक्ने बिरामिलाई घर लिएर आउनु परेको सारुले बताए ।
खुमान सिं सारुलाई सहयोग गर्न चाहाने सहयोगि मनहरुले उनको मोबाईल नम्बर  9808592142 मा सम्पर्क गर्न सकिनेछ । साथै गुराँस मिडियामा 9821467160 सम्पर्क गर्न सक्नुहुनेछ ।