निर्मला प्रकरणमा पत्रकार खेम भण्डारी र अंगुर जिसीसँग लाइभ बहस

अ+
अ
अ-

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४१४ औं एपिसोड हो। कार्यक्रमको आजको यस विशेष एपिसोडमा पनि विशेष रिपोर्ट प्रस्तुत गरिएको छ।साथै निर्मला पन्त ह*त्याकाण्डको विषयमा पत्रकार खेम भण्डारी र निलम्बित डिएसपी अंगुर जिसीसँग स्टुडियोमै प्रत्यक्ष बहस समेत गरिएको छ ।

निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा भइरहेको अनुसन्धान प्रभावित पार्नेहरुका बारेमा रिपोर्टहरु प्रशारणको श्रृङ्खला सुुरु गरेका छौं। कार्यक्रममा कञ्चनपुरका पत्रकार खेम भण्डारीले आफ्नो मिडिया र आफ्नो फेसबुक मार्फत निर्मला पन्त प्रकरणको अनुसन्धान प्रभावित गरेको देखायौं । हामीले त्यसदिन भण्डारीलाई लाइभ कार्यक्रममा बोल्न आउन भनेका थियौं ।

हामीले पटक–पटक उनको एनटीसी र एनसेलको मोबाइलमा सम्पर्क ग-यौं, उनको फोन उठेन । तर पछि कार्यक्रम सुरु हुनु भन्दा डेड घण्टा अघि ल्याण्डलाइन मार्फत पाँच औं पटक गरेको फोन उनले उठाए र आफूलाई एक दिन अघि भन्नुपर्ने, आफ्नो तयारी नभएको र पछि आफ्नो केही घटना भएको आफन्तकोमा भएकाले बोल्न नमिल्ने बताए । न्युज २४ नेपालबाट साभार

पटक–पटक फोन गर्दा पनि नउठेपछि हामीले सोही दिन ४ बजेर ४८ मिनेटमा पहिलो म्यासेज पठायो, जसको रिप्लाई भोलिपल्ट राति १० बजेर ४९ मिनेट पछि मात्र आयो । जहाँ लेखिएको थियो– ‘मैले म्यासेज देखिन सरी !’ सरी ! भनेपछि पनि उनले युट्युब च्यानलमा अन्तरवार्ता दिदै आफूले १ मिनेटमै फोन उठाएको भनि झुट बोले । तर, पछि केही शर्तसहित अन्तर वार्तामा आउने जानकारी उनले आफ्नो फेसबुक मार्फत गराए । भिडियो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्