झापामा पोखरीमा डुबेर बालिकाको मृत्यु

अ+
अ
अ-

झापा । झापाको बुद्धशान्ति गाउँपालिका ६ शान्तिनगर बस्ने खड्क बहादुर लिम्बुको छोरी १४ महिनाकी साखिम लिम्बुको पोखरीमा डुबेर मृत्यु भएको छ ।
मंगलबार दिउँसो सवा १२ बजेको समयमा नाबालिका घर नजिकै रहेको माछा पोखरीको छेउमा खेल्ने क्रममा सोही माछा पोखरीमा परी डुबेर बेहोस भएकोमा उपचारको क्रममा बिर्तामोड तर्फ ल्याउदै गर्दा बाटोमै मृत्यु भएको भनि आफन्तले ईलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी प्रकृया भईरहेको उक्त कार्यालयले जनाएको छ ।