अ+
अ
अ-
एजेन्सी । पोर्चुगलमा निधन भएका एक नेपालीको श*व घर पठाइएको छ । रौतहटको चन्द्रनिगाहपुरका ३५ वर्षीय रामबहादुर बस्नेतको श*व आज नेपाल पठाइएको उनका काका गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका उपाध्यक्ष भुपेन्द्र बस्नेतले राससलाई जानकारी दिए ।रोजगारदाता कम्पनीको खर्च व्यवस्थापनमा श*व नेपाल पठाइएको उनले बताए । उनी यहाँस्थित जम्बुजिरामा रहेको ‘पिसफुल प्लानेट’ कृषि कम्पनीमा कार्यरत थिए ।
पेटमा सामान्य स*मस्या देखिएपछि बेजास्थित शान्तियागो अस्पताला भर्ना गरिएका बस्नेतलाई चिकित्सकले ग*म्भीर प्रकृतिको क्यान्सर भएको बताएका थिए । तीन साताको उपचारपछि बस्नेतको बुधबार राति नि*धन भएको हो । बस्नेत वैदेशिक रोजगारीका सिलसिलामा चार महीना अगाडि पोर्चुगल आएका थिए ।



