क्यान्सर पीडित राधिका लाई हङकङबासीको सहयोग

अ+
अ
अ-

धरान / लामो समयदेखि क्यान्सरबाट पीडित धरान १५ की एक महिलालाई हङकङबासीले सहयोग गरेका छन् । धरान १५ श्यामचौकमा डेरा गरी बस्ने ५७ बर्षीया राधिका भुजेललाई देउराली परिवार हङकङले घरमै गएर १ लाख ५० नगद सहयोग गरेको हो । विगत चार बर्षदेखि मृगौला क्यान्सरबाट पीडित भुजेल विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराइरहनु भएको छ । लामो समयदेखि आर्थिक अभावका कारण उपचार गराउन कठिन भइरहेको बेला यो सहयोगले ठूलो राहत पुगेको पीडित भुजेलले बताउनुभयो ।