पूर्वराजा ज्ञानेन्द्रकाे ‘सन्देश संग्रह’ सार्वजनिक, विमोचनमा छोरीसँग हिमानी

अ+
अ
अ-

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले लेखेको पुस्तक सार्वजनिक भएको छ । हिमानी ट्रष्टले आयोजना गरेको पत्रकार सम्मेलनमा ट्रष्टकी अध्यक्ष हिमानी शाहले पुस्तक विमोचन गरेकी हुन् । बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा हिमानीले ससुरा अर्थात् पूर्वराजा ज्ञानेन्द्रले लेखेको पुस्तक ‘सन्देश सङ्ग्रह’ सार्वजनिक गरेकी हुन्।

उनका साथमा छोरी पुणिका साथमै थिइन् । पुस्तक सार्वजनिक गर्दै हिमानीले पूर्वराजा ज्ञानेन्द्रको सन्देश पढेर सुनाएकी थिइन्। ज्ञानेन्द्र हिमानी ट्रष्टका संरक्षक हुन्। हिमानी ट्रष्टले आइतबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै उक्त पुस्तक विमोचन गरेको हो । पत्र कार सम्मेलनका क्रममा पूर्वयुवराज्ञी तथा हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहले पूर्वराजा शाहको सन्देश पढेर सुनाउनुभयो ।

हिमानी ट्रष्टले नेपालमा भएका प्रकृतिक विपत्तिमा विभिन्न समयमा राहत उपलब्ध गराउँदै आएको पनि जानकारी दिनुभयो । २०७२ को भूकम्पमा पनि आफ्नो स्रोत र साधनले भ्याएसम्म राहत वितरणमा ट्रष्ट लागिपरेको उहाँले बताउनु भयाे । पूर्वराजा शाहको पुस्तक बिक्रीबाट उपलब्ध भएको रकम पनि कोषमै जम्मा गरिने र उक्त रकम सामाजिक कार्यमा खर्च गरिने पनि ट्रष्टकी अध्यक्ष हिमानी शाहले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्