समाचार
दिल निशानी मगरको गर्जन : रवी लामिछानेलाई हिरासतमा नराखेर होटलमा राख्ने ? ज्ञानेन्द्र शाही द लाल हो
पत्रकार शालिकराम पुडासैनी देहत्याग दुरुत्साहन अभि योगमा प क्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनैजनालाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत चितवनले आदेश दिएको छ । यहि विषयलाई लिएर लामिछानेको पक्षबाट बहस गरिरहेका अधिबक्ताहरुले अहिले आकस्मिक ब्रिफिङको आयोजना गरेका थिए । गत हप्ता शुक्रबार प क्राउ परेका लामिछानेसहित ३ जनालाई यसअघि पनि अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको थियो ।
पुडासैनी प्रकरणमा रबि लामिछानेलाई हिरासतमा लिन नहुने भन्ने समर्थकको मागको विषयलाई लिएर पत्रकार दिल निशानी मगरले आफ्नो विचार राखेका छन । मगरले पत्रकार भेटघाट कार्यक्रममा जो कोहि पनि संबिधान र कानुन भन्दा माथि नहुने जिकिर गरे । रबि लामिछानेलाई पुडासैनीले दोषी भनेर भिडियो छोडेर गएपछि उनलाई अनुसन्धानको दायरामा ल्याउनु कुनै गलत नभएको मगरको ठम्याई छ ।


