समाचार

डडेल्धुरामा झाडापखालाको प्रकोप, दुई गाउँका ६५ जना बिरामी

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका-८, जमरानीमा झाडापखालाको प्रकोप देखिएको छ।नगरपालिकाअन्तर्गत ८ नम्बर वडाको सानखोला र धादलीफाटामा अहिलेसम्म ६५ जनामा झाडापखला देखिएको परशुराम स्वास्थ्य शाखाका उप-संयोजक हिक्मत धामीले जानकारी दिए।

उनले भने, ‘साउन २९ गते झाडापखालाको प्रकोप देखिएको हो। हामीले गाउँमा स्वास्थ्य शिविरको आयोजना गरेका छौं, स्वास्थ्यकर्मी पनि खटाएका छौं। अहिलेसम्म ६५ जनामा झाडापाखला देखिएको छ। जसमध्ये ५ जना जोगबुडा अस्पतालमा रेफर गरिएको जानकारी आएको छ।’

साउन २९ गतेबाट सुरु भएको प्रकोप अहिलेसम्म नियन्त्रणमा नआएको परशुराम नगरपालिका-८ का वडाध्यक्ष गोबिन्द बोहराले बताए। ६० जना बिरामीको सादनी स्वास्थ्य चौकी प्रमुख आन्नदकुमार यादवको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको जनाएको छ। ५ बिरामीलाई सो टोलीले जोगबुडा अस्पतालमा रेफर गरेको जनाएको छ। जसमध्ये ४ जना डिस्चार्ज भइसकेको र १ जनालाई थप उपचारका लागि अन्यत्रै रेफर गरिएको अस्पतालले जनाएको छ।

डडेल्धुरा अस्पतालले बिरामीको दिशाको नमूना परीक्षण गर्दा झाडापाखलाकै जिवाणु भेटिएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी भुषालले बताए।

स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख तथा वरिष्ट जनस्वास्थ्य अधिकृत टंकप्रशाद चपागाईंले आफू बिदामा रहेको बताउँदै अहिलेसम्म जिल्लाको स्वास्थ्यकर्मीको टोली तथा प्रदेशको स्वास्थ्यकर्मीको टोली पनि उक्त क्षेत्रमा पुगेको जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *